‘संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो’

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताउनु भयो । 

अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको उहाँले जिकिर गर्नुभयो । निजामती विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उहाँले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गर्नुभयो ।

आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी अध्यक्ष दाहालकाे छ। अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गर्नुभयो । 

नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरूलेनै सुरू गर्नुपर्ने उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.