काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार पनि जारी छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संघ सरकार र प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा, सरकारको कार्य उपलब्धीबारे समीक्षा हुनेछ ।
सदस्यता नविकरण, विदेशस्थित सम्पर्क मञ्च, १०० दिने अभियानलगायतका विषयवस्तुहरूमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् ।