काठमाडौं । सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाको मोबाइलको कल डिटेल परीक्षण गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा सांसद सिंहले कानुनमन्त्रीले न्यायाधीशहरूलाई फोन गरेर प्रभावित पार्न खोजेको भन्दै कल डिटेल परीक्षण गर्न माग गर्नुभयो । उहाँले कानुनमन्त्रीको न्यायाधीशहरूसँग के काम हुन्छ भन्ने प्रश्नसमेत गर्नुभयो ।
सरकारले संघीय निजामती विधेयक संसद्बाट अघि बढ्न रोकेको भन्दै आपत्ति जनाएका छन् । कार्यसूचीमा राखेर पनि हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले सरकारको आलोचना गरेका हुन् ।