कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भनिएकोप्रति मन्त्री भण्डारीको आपत्ति

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भनिएकोप्रति मन्त्री भण्डारीको आपत्ति

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताउनुभएको छ ।

काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगीहरुका माग र मुद्दाहरु सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले अहिले राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सरकारले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री भण्डारीले लगानी प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताउनु भयो । उहाँले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.