काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सत्तासाझेदार दल कांग्रेसका सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न गएराति अवेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नु भएको थियो । देउवासँगको भेटपछि गठबन्धन अघि बढ्नेमा प्रधानमन्त्री ओली ढुक्क बन्नु भएको छ ।
बैककबाट फर्कदा विमानस्थलमै देउवाले गठबन्धन तलमाथि नहुने अभिव्यक्ति दिनुभएका कांग्रेस सभापति देउवाले ओलीसँगको भेटमा सरकार फेरबदल नहुने प्रष्ट पार्नु भएको हो ।
दुई शीर्ष नेताको भेटवार्तापछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले नेताहरूले सरकार परिवर्तनका बारेमा चलाएका हल्ला गलत र निराधार भएको बताउनुभएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो । भेटमा हमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।