सत्तारुढ दलभित्रै सरकारप्रति असन्तुष्टि छ, यो सरकारको आयु लामो छैन : पुष्पकमल दाहाल

वैशाख २, २०८२ |नवीन पौडेल
सत्तारुढ दलभित्रै सरकारप्रति असन्तुष्टि छ, यो सरकारको आयु लामो छैन : पुष्पकमल दाहाल

नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दल र नेकपा एमालेभित्र असन्तुष्टि रहेकाले वर्तमान सरकारको आयु लामो नभएको दाबी गर्नुभएको छ ।

'जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान' अन्तर्गत आज पूर्वी नवलपरासी पुग्नुभएका अध्यक्ष दाहालले सत्ता साझेदार दलमै सरकारप्रति चरम वितृष्णा रहेकाले चाँडै सरकार ढल्ने दाबी गर्नु भएको हो । 

उहाँले कांग्रेस र एमालेका नेताहरूसँग अनौपचारिक कुराकानी हुँदा उनीहरूमा वितृष्णा महसुस गरेको भन्दै केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ नभएको जिकिर गर्नुभयो ।

शिक्षक, सहकारी पीडित, लघुवित्त पीडित तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकार मुकदर्शक बनेर बसेको दाहालको आरोप छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।