बोलोग्नामाथि एसी मिलानकाे जित

वैशाख २७, २०८२ |खेल ब्युरो
बोलोग्नामाथि एसी मिलानकाे जित

काठमाडौं । इटालियन शीर्ष डिभिजनको फुटबल लिग 'सिरी आ'अन्तर्गत गएरातिको खेलमा एसी मिलानले बोलोग्नालाई ३-१ ले हराएको छ। सार सिरो मैदानमा भएको खेलमा मिलानले घरेलु समर्थकमाँझ जित हाासिल गरेको हो।

मिलानलाई जित दिलाउन सान्टियागो जिमिनेजले दोहोरो गोल गरे । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले विपक्षीको पोस्टतर्फ समान १०-१० प्रहार गरेको थिए । 

खेलमा पास र पोसेसनमा बोलोग्ना अघि रहेपनि गोलमा भने पछि रहृयो। पहिलो हाफ गोलरहित बारबरीमा सकिएको भएपनि दोस्रो हाफको ४९औं मिनेटमा पाहुना टोली बोलोग्नाले अग्रता बनायो। उसको लागि रिकार्डो ओरसोलिनीले गोल गरे । 

खेलमा लामो समयपछि परेको मिलानको लागि ७३औं मिनेटमा जिमिनेजले डेडलक तोडे । उनले क्रिस्टियन पुलिसिचको पासमा गोल गरेर खेललाई १-१ गोलको बराबरीमा ल्याए । 

त्यसको ६ मिनेटमै मिलान अर्को गोल थप्न सफल भयो। यसपटक पुलिसिचको आफ्नै प्रहार गोलमा परिणत भयो। यसँगै मिलानले २-१ को पुनरागमन गर्न सफल भयो । त्यसैगरी खेलको स्टपेज समयमा जिमिनेले अर्को गोल थपेर खेललाई ३-१ मा समाप्त गरे । 

यससँगै पुलिसिच मिलानका लागि सन् १९७४ पछि लगातार दुई सिजनमा १० भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन। जारी सिजनमा उनले ११ गोल गरिसकेका छन। उनले दुई सिजनमा १५ भन्दा धेरै एसिस्ट पनि प्रदान गरिसकेका छन्।