संविधान संशोधन उपयुक्त समयमा हुन्छ: प्रधानमन्त्री ओली

नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्कन सम्भव नरहेको जिकिर
चैत्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधन उपयुक्त समयमा हुन्छ: प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ ।

मधेस प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको हो । त्यसका लागि गृहकार्य भइरहेको भन्दै उहाँले 'संविधान संशोधन प्रक्रिया समिति नै बनाएर अघि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका लागि गणतन्त्र नै वर्तमान र भविष्य रहेको प्रष्ट पार्दै यो व्यवस्था कसैले चाहेर हटाउन नसक्ने दाबी गर्नुभयो । उहाँले मधेश प्रदेशलाई देशको खाद्य भण्डार बनाउने अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो । 

भारत र चीनसँग सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रसँग विश्वास र समझदारीमा आधारित सम्बन्धले निरन्तरता पाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनकपुरधाम र मिथिलालाई धार्मिक, सांस्कृतिक र बौद्धिक थलोको रूपमा वर्णन गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा दोस्रो पटक सम्बोधन गर्नुभएको हो । यसअघि उहाँले २०७५ भदौ २ गते प्रदेशसभामा सम्बोधन गर्नुभएको थियो ।

यसैबीच, एमालेको सिरहा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्कन सम्भव नरहेको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.