काठमाडौं । आम जनता पार्टी (आजपा)को पदाधिकारी भोलि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक विषयमा समेत निर्णय गर्दैछ ।
आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलाल दलतन्त्र भएको बताउनुभएको छ । उहाँले दलीय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेस्रो जनआन्दोलन आवश्यक भएको उहाँको भनाइ छ ।
आजपाले २०८० साल चैत २४ तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । दलीय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपा अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यक्ता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उद्घोष गर्नुभएको थियो ।
आजपाले आउँदो २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा र प्रदर्शन गर्न लागेको छ । त्यसैको पूर्वसन्ध्यामा बस्न लागेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउनेबारेमा रणनीति तय गर्ने बताइएको छ ।