काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई पक्राउ अनुमति दिएको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनुभयो।
लामिछाने प्रबन्धनिर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ।