काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लीलाबल्लभ अधिकारीलाई सत्ताले जोगाएको आरोप लगाएको छ ।
पूर्वमन्त्रीसमेत रहेका एमाले नेता अधिकारीले मानव तस्करी गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सरकारले कानुनी कारवाही नगरी उन्मुक्ति दिएको आरोप रास्वपाले लगाएको हो ।
रास्वपाले आफ्ना सभापति रवि लामिछानेमाथि मात्रै राजनीतिक प्रतिशोध साँधिएको दोहोर्याएको छ । आफूहरूमाथि पनि चौतर्फी हमला भइरहेको पार्टीको ठहर छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उठेका प्रश्नको छानबिन गर्न पनि रास्वपाले माग गरेको छ ।