पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

पोखरा । पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।

प्रहरीले रास्वापाका कार्यकर्तालाई पक्राउ गरेको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित