लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा विश्वासकाे मत माग्दै

भाद्र ४, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा विश्वासकाे मत माग्दै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासकाे मत माग्नु भएको छ । 

चाैथाे अधिवेशनकाे २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत माग्नु भएको हो । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियोे । 

प्रदेश सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरु संग पनि विश्वासकाे मत माग्नु भएको छ । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उहाँले सबैले विश्वास मत दिनुपर्ने धारणा राख्नु भयो । 

समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारकाे भएकाे उहाँको भनाइ छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement