पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक वर्ष बढ्दै

श्रावण ५, २०८२ |माधव अर्याल
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक वर्ष बढ्दै

पाल्पा । पाल्पा अदालतमा सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । अपरिपक्व उमेरमा गरिने प्रेम विवाह, वैदेशिक रोजगारी लगायतका कारण सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्या हरेक वर्ष बढेको हो । पछिल्लो तीन वर्षमा १ हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो । 

अदालतमा आर्थिक वर्ष २०७९ - ८० मा ४ सय ४३ मुद्दा दर्ता भएका थिए भने २०८०- ८१ मा ४ सय २८ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९- ८० मा ४ सय ८५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको हो । 

अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्ध विच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने अदालतका तहसिलदार तथा सूचना अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० मा वैवाहिक सम्बन्ध अन्त्यका लागि समेत २७ जना जिल्ला अदालतमा आएका थिए ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।