नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेका लागि शपथ कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालय जनाएको छ । यसअघि राष्ट्रपति हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई संविधानको धारा ७६, उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । 

ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुनु भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबार नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए । ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नुहुने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.