चाहेर पनि संसद् विघटन रोक्न सकेन : पूर्वराष्ट्रपति भण्डारी

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
चाहेर पनि संसद् विघटन रोक्न सकेन : पूर्वराष्ट्रपति भण्डारी

काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले चाहेर पनि संसद् विघटनलाई रोक्न नसकेको दोहोर्याउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसन काभ्रेको गरेको कार्यक्रममा उहाँले छलफलबाट मिलाउन खोज्दा पनि नसकेर बाध्य भएर संसद् विघटन सदर गरेको बताउनुभयो ।

उहाँले लामो राजनीतिक यात्रामा एमालेलाई तीनवटा धक्का लागेको बताउनुभयो । मदन भण्डारीको निधन र दुईपटक पार्टी फुटले लगाएको धक्काको प्रभाव एमालेमा अझै रहेको बताउनुभयो ।

धुलिखेल नगरपालिका ११, काभ्रे भञ्ज्याङमा निर्माण गरिएको मदन भण्डारी पार्कमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरी पूर्वराष्ट्रपति भण्डारी नगरसभा हलमा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.