विपद् व्यवस्थापनमा ध्यान नदिएको भन्दै संसद्‍मा सरकारको आलोचना

एसईईको नतिजा सुधार्न गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनमा ध्यान नदिएको भन्दै संसद्‍मा सरकारको आलोचना

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विपद् व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले वर्षा लागिसक्दा पनि सरकारले विपद व्यवस्थापनमा ध्यान नदिएको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै त्यसलाई उकास्न सरकारले ध्यानदिनुपर्ने बताउनुभयो ।

सांसदहरुले एसईईको गणित विषयमा धेरै विद्यार्थी फेल भएको भन्दै शिक्षा क्षेत्र सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सांसद प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिसँग जवाफ माग्नु भएको छ ।

विहान ११ बजेदेखि सुरुभएको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सांसदरुले आफ्ना निर्वाचनक्षेत्र र देशको पछिल्लो समयसमायिक विषयमा धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.