काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कुनै विभेद नभएको दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले बजेट सांसदहरुसँ छलफल गरेरै ल्याइएको र सबै क्षेत्रलाई समेटिएको समेत बताउनुभयो । मधेस प्रदेशमा शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले सांसदहरुलाई जानकारी दिनुभयो ।
यस्तै पोखराबाट उडान भर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई छुट दिनेबारे छलफल भइरहेको समेत उहाँले बताउनुभयो । तिनवटै विमानस्थल सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्ने तयारी गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।