यसपटकको मेरो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्ने खालको थिएन : प्रधानमन्त्री दाहाल

असार ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
यसपटकको मेरो भारत भ्रमण कुनै एजेन्डा विशेषमा छलफल गर्ने खालको थिएन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो यस पटकको भारत भ्रमण अघिल्ला पटक जस्तो कुनै एजेन्डा विशेषमा छलफल गर्ने खालको नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । तर भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराउनुभयो ।

भारत भ्रमणका क्रममा दुई देशबीच भएका पूर्वसहमति र सम्झौताको प्रभावकारी कार्यन्यन गराउने विषयमा पनि छलफल भएको प्रधानमन्त्री दाहाले जानकारी गराउनुभयो ।

उहाँले आफूले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा गरेको गरेको समेत सदनलाई बताउनुभयो । यस्तै भारत भ्रमणका क्रममा भारतका राष्ट्रपतिसँगको भेटमा पनि नेपाल र भारतबीचको सम्मबन्ध समधुर बनाउने बारेमा छलफल गरेको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement