मदन-आश्रितलाई हत्या गरेर नदीमा फालिएको हो : झलनाथ खनाल

जेष्ठ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मदन-आश्रितलाई हत्या गरेर नदीमा फालिएको हो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मदनकुमार भण्डारी र जीवराज आश्रतिलाई हत्या गरेर नदीमा फालिएको दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय काठमाडौंमा आज आयोजित ३१औं मदन-आश्रित स्मृति दिवसमा पूर्वप्रधानमन्त्री खनालले मदन र आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको दाबी गर्नुभएको हो ।

नदीमा खसेको गाडी लक भेटिएको तर शव टाढा पुगेको, पानीमा डुब्दा पनि फोक्सो सुक्खा भ‍ेटिएको जस्ता प्रमाणले पनि घटना हत्या नै हो भन्ने यकिन हुने नेता खनालको दाबी छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ उचाईमा उठाएको पूर्वप्रधानमन्त्री खनालको भनाइ छ ।

कम्युनिस्ट नेता भण्डारी र आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । एमालेकै कैयौं नेताहरुले घटनालाई हत्या भन्ने गरेका छन् । तर एमाले सधैंजसो सरकारमा भए पनि सत्यतथ्य छानबिनमा चासो भने दिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement