निर्वाचन प्रणाली समयअनुरूप परिमार्जन गर्नुपर्ने आवश्यकता छ : झलनाथ खनाल

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रणाली समयअनुरूप परिमार्जन गर्नुपर्ने आवश्यकता छ : झलनाथ खनाल

विराटनगर । अहिलेको निर्वाचन प्रणालीका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै एकीकृत समाजवादीका नेता झलनाथ खनालले समय अनुसार संविधान संशोधन गरी आवश्यकता अनुरूप निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दे खनालले संविधान निर्माणको करिब एक दशकको समयमा  धेरै खालको शक्तिबीच साझा सहमति गरेर संविधान बनाएको भन्दै सोही अनुरूप निर्वाचन प्रणाली रहेको उहाँको भनाई थियो । समय अनुरूप निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उहाँले प्रस्ट पार्नुभयो । 

त्यसैगरी अन्य प्रदेशको तुलनामा कोशी प्रदेशमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्ने प्रश्नमा  कोशी प्रदेशको सरकार एउटा प्रक्रियामा रहेको छ नयाँ समीकरण अनुसार गठबन्धन अघि बढ्ने बताउनु भयो । सबै कुरा एकै पटक झ्याप्प हुँदैन । समय आएपछि सबै कुरा मिल्दै जाने उहाँको भनाई छ ।

सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री पाएर कोशीमा पनि त्यसकै लागि सरकार नछोडेको हुनसक्ने पत्रकारको प्रश्नमा नेता खनालले पार्टीले मुख्यमन्त्री नमागेको बताउनु भयो । कोशीमा केही राजनीतिक र केही संवैधानिक समस्याहरू छन् । ती समस्याहरू समाधान भएपछि सबै कुरा प्रस्ट हुने उहाँको भनाई थियो । यो एउटा सङ्क्रमण समय भएकाले वामपन्थी र प्रगतिशीलबीचको एकताको पक्षमा रहेको बताउनु भयो । 

कोशी र अन्य प्रदेश, सिंगो देशलाई सो एकता चाहिएको उहाँको भनाई थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement