काठमाडौं । गत भदौ ३० गते अमेरिका र त्यतैबाट चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज असोज १३ गते स्वदेश फर्केका छन् । आफ्नो विदेश भ्रमण उपलब्धीपूर्ण रहेको प्रधानमन्त्री दाहालको दाबी छ ।
आफ्नो चीन भ्रमणले नेपाल चीन सम्बन्धलाई थप उचाई दिन मद्दत गरेको बताउँदै प्रधानमन्त्री दाहालले भने ‘विगतमा भएका समझादारीहरुको कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त भएको छ ।’
चिनियाँ राष्ट्रपतिसँगको भेटमा नेपालको विकास प्रयासमा चीनले साथ दिने चीनसँगको व्यापार एवं आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ । बेइजिङमा आफूले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेको दाहालले बताए ।
भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सोझो हवाई सम्पर्क जोड्नेबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि छियाङसँगको प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्तामा विद्युत प्रसारण लाइन, सौर्य ऊर्जा, सडक निर्माण र स्तरोन्नति, सीमा नाकाको पुनःसञ्चालन र पूर्वाधार विकासजस्ता विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको भनाइ छ ।
चीनले नेपालको आवश्यकता अनुसार अरनिको राजमार्गको चौथो चरणको पुनर्निर्माण गर्ने, स्याफ्रुबेंसी–रसुवागढी सडक मर्मतमा सहयोग गर्ने र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि दुबै देश सहमत भएको प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारहरुलाई जानकारी दिए ।
त्यस्तै, टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने विषयमा पनि सहमति भएको प्रधानमन्त्री दाहालले बताए । नेपाल चीन रेल्वे सहयोगका लागि कार्यदलको बैठक चाँडै बस्ने बारेमा पनि छलफल भएको उनले बताए ।
विभिन्न १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले चीनको छोङछिङ नगरका मेयर र ल्हासाका पार्टी सचिवसँगको छलफल पनि उपलब्धीपूर्ण रहेको दाबी गरे ।
त्यसैगरी अमेरिकामा रहँदा राष्ट्र संघको महासभामा आफूले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको प्रधानमन्त्री दाहालले बताएका छन् ।
आफ्नो दुई साता लामो विदेश भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले के–के गरे ? शनिबार त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले सुनाएको फेहरिस्थ यस्तो छ–
सम्बन्धित समाचार...