कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, गठबन्धनका सबै दलसहित एमालेको पनि समर्थन

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, गठबन्धनका सबै दलसहित एमालेको पनि समर्थन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रोपटक विश्वासको मत पाएका छन् ।

कर्णाली प्रदेशसभाका ४० मध्ये ३८ सदस्यले शर्माको पक्षमा मत दिएका हुन् । राप्रपाका एक प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

यसअघि २६ सदस्यको समर्थन रहेको सरकारले यसपटक दुईतिहाइ भन्दा बढी समर्थन पाएको छ । यसअघि सरकारलाई समर्थन गरेर पनि प्रतिपक्षमा रहेको कांग्रेस पनि अब सरकारमा जाने भएको छ भने राष्ट्रिय राजनीतिमा फेरबदल हुँदा पनि एमालेले कर्णाली सरकार नछोडेर समर्थन कायमै राखेको छ ।

राप्रपाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा दोस्रोपटक विश्वासको मत दिन गरेको आग्रहलाई कांग्रेस, माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले समर्थन गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.