काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताउनु भयो ।
उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफु इच्छुक रहेको बताउनुभयो ।