सरकार र मिटरब्याजीपीडितबीचको वार्ता निष्कर्षविहीन, भोलि ११ बजे फेरि बस्ने

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकार र मिटरब्याजीपीडितबीचको वार्ता निष्कर्षविहीन, भोलि ११ बजे फेरि बस्ने

काठमाडौं । शुक्रबार बिहान गरिएको सरकार र मिटरब्याजीपीडितपक्षबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।

पहिलो वार्ताले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहानैदेखि गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच दोस्रो चरणको वार्ता थालिएको थियो । त्यस वार्ताबाट पनि कुनै निष्कर्ष निस्केन ।

मिटरब्याजीपीडितका समस्या समाधानका लागि सरकारले तीन दिनअघि सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिसमक्ष पीडितपक्षले नौ बुँदे माग राखेका छन् । 

जसमा उच्चस्तरीय आयोग गठन गरिनु पर्ने, तमसुक व्यवस्था खारेज गरिनु पर्ने र पीडितको पक्षमा कानुन बनाइनु पर्नेलगायत उनीहरूका माग छन् । उनीहरूले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्कने पनि अडान राख्दै आएका छन् ।

आज भएको वार्ताबाट आफ्ना माग सम्बोधन हुनेमा सरकार लचक देखिएको पीडितपक्षको दाबी छ । शनिबार बिहान ११ बजे पुनः बोलाइएको वार्ताबाट निष्कर्षमा पुगिने उनीहरूले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.