कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिँदै

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोहोर्‍याएर विश्वासको मत लिनुपर्ने भएको हो । उनलाई पहिले एमाले, राप्रपा, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

अहिले केन्द्रमा नयाँ समीकरण बन्दा पनि कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । तर यसपालि विश्वासको मत दिने कि नदिने भन्नेमा सरकारमा रहेको दल एमाले र सत्तामा जाने तयारीमा रहेको काङ्ग्रेस अझै अनिर्णीत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.