सरकारमा जाँदैनौं : खनाल

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारमा जाँदैनौं : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने स्पष्ट पारेका छन् ।

निर्वाचन प्रणाली सुधारका सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा सहभागी हुन बिहीबार सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने तयारी नभएको जनाए । उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने पनि जानकारी दिए ।

सरकारले राम्रो काम गरुन्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ । ‘समर्थनचाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन,’ खनालले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया पनि दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement