बल्खुस्थित बागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बल्खुस्थित बागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

काठमाडौं । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदी छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिनुभयो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.