खाद्यान्न तथा आवासको व्यवस्था मिलाउन बाढी पीडितहरूकाे आग्रह

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
खाद्यान्न तथा आवासको व्यवस्था मिलाउन बाढी पीडितहरूकाे आग्रह

काठमाडौं । वर्षाका कारण काठमाडौं आसपासका खोलाकिनाराबाट विस्थापित भएका बाढी पीडितहरूले खाद्यान्न तथा आवासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

शनिबार उद्धार गरिएका करिब चार सयमध्ये धेरैजसो आफ्नो घर फर्किएका छन् । तर घर फर्किन नपाएकाहरूले गास-बासको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । सुकुम्बासी बस्तीमा रहेका लत्ता-कपडा भिजेको र खाद्यान्न पनि बगाएकाले प्रशासनबाट सहयोगको अपेक्षा गरेको उनीहरूको भनाइ छ ।

यता, स्थानीय प्रशासनहरूले भने लगत संकलन गरिरहेको र विस्थापितलाई छिट्टै पुन:स्थापना गरिने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.