काठमाडौं । पुर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छ्न् ।
बुटवलबाट नारायणगढतर्फ आँउदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट नगरपालिका-५ शान्तीनगर चोकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीर दत्त पन्तले बताउनुभयो ।
मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा घाइते भएका १२ जनाको रूपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भैरहेको छ भने सामान्य घाइते एक जनाको भने चिसापानी अस्पताल बर्दघाटमा उपचार भैरहेको छ ।