धनकुटा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्याे

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्याे

धनकुटा । धनकुटामा हिजो अर्थात् साेमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो।

यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको आज बिहान ४ बजे उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले बताएको छ । 

दुर्घटनाका ११ जना घाइते मध्य दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.