सिरहा । सिरहाबाट प्रहरीले दुई थान भरूवा बन्दुक फेला पारेको छ । प्रहरीले गोलबजार नगरपालिका-१० डण्डाबाट दुई थान भरूवा बन्दुक फेला परेको हो ।
बन्दुक पड्किएको सूचनाका आधारमा गएको प्रहरी टोलीले डण्डास्थित आँप गाछी क्षेत्रबाट बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयाे ।
प्रहरी टोली आउन लागेको सुइँको पाएपछि बन्दुक पड्काउने मानिसहरू भने फरार भएको र उनीहरूको खोजीकार्य भइरहेको उहाँले जनाउनुभयाे । प्रहरीका अनुसार, त्यसक्षेत्रमा उनीहरू सिकार खेल्न गएका थिए ।