काठमाडौं । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ ।
साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ । आज बिहान ललितपुर महानगरपालिकाको पहलमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
बिहानै पाटन दरबार स्क्वायर क्षेत्रमा र्यालीसहितका कार्यक्रमहरु गरिएको छ । २०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो ।
सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।