दाङ । जिल्लाको घोराही-९ मा रहेको सांग्रिला प्लाई उद्योगमा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगको भित्रिभागमा लागेको आगो निभाउन अझै १० प्रतिसतजति काम बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
आगो निभाउँदा जलेका सामग्री पन्छाउँदै अगाडी बढ्नु पर्ने भएकाले आगो पुर्णरुपमा नियन्त्रणमा आउन समय लागेको र रातभर पनि आगो निभाउने काम भैरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।
७ बिगाहा क्षेत्रफलमा फैलिएको सांग्रीला प्लाई उद्योगमा आइतबार राति करिब १ बजेबाट आगोलागि सुरू भएको थियो । आगलागिबाट उद्योगका सबै सामग्री जलेर नष्ट भएका छन ।
आगो निभाउन दाङ जिल्लाका ८ वटा दमकल र ५ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।