विराटनगरमा छ महिनामा पहिलो पटक वर्षा

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विराटनगरमा छ महिनामा पहिलो पटक वर्षा

विराटनगर । विराटनगरमा छ महिनामा पहिलो पटक वर्षा भएको छ । आज विहान करिब साढे छ बजे वर्षा भएको हो ।

असोजयता विराटनगरमा वर्षा भने भएको थिएन । वर्षा नहुँदा आकाशको तुवाँलो समेत हटेको थिएन । 

छ महिनामा पहिलो पटक आएकाे वर्षाले मकै र तरकारी वालीलाई फाइदा पुग्ने देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.