जाजरकोटमा चट्याङका कारण एक महिलाको मृत्यु

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा चट्याङका कारण एक महिलाको मृत्यु

जाजरकोट । चट्याङ्ग लागेर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भेरी नगरपालिका २ पोखरा बस्ने वर्ष ५५ कि कोसिला कामि रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

डिएसपी पाण्डेका अनुसार अपरान्ह ५ :४० वजेको समयमा घर नजिकै चट्याङ परेको थियो । चट्याङ बाट घाइते भएकि कामीलाई थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिए पश्चात उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement