जनकपुर । भाई बहिनीको अमर प्रेम प्रतिकको रुपमा रहेको रक्षा बन्धन प्राचिन मिथिलाको राजधानी जनकपुरधाम लगायतका क्षेत्रमा आज धुमधामका साथ मनाइँदै छ ।
दाजु भाईको दिर्घायु तथा उतरोत्तर प्रगतिको कामना गर्दै दिदी बहिनीले भाईको हातमा सुरक्षा कवचको रुपमा राखि बाँधेर यो उत्सव धुमधामका साथ मनाईरहेका छन् ।
यस अवसरमा बहिनीले भाईलाई राखि लगाइदिनुका साथै मिठाई खुवाउने गर्छन भने भाईले सक्दो उपहार र रक्षा गर्ने आशिष समेत दिने चलन छ ।
दिदी बहिनी नभएकाहरुले ब्राम्हण र पुरोहितहरुको हातबाट राखि बाँध्ने र आशिष लिने गर्छन् । धागो बाँधेर मनाउने यस उत्सवमा अचेल बिभिन्न रगंमा सज्जिएको १० देखि १५ सय रुपैयाँसम्मको राखि बजारमा पाइने गरेको छ । यस अवसरमा आज बिहानैदेखि जनकपुरधामको बजारमा राखि, मिठाई, कपडा, फलफुल लगायतका सामग्री किनमेल गर्ने हरुको भिडभाड लागेको छ ।