दाेलखाकाे लामाबगरमा सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनियो

जेष्ठ १८, २०८१ |केदार शिवाकोटी
दाेलखाकाे लामाबगरमा सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनियो

दाेलखा । दाेलखाकाे विगु गाउँपालिका-१, लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ । 

शुक्रबार बिहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको विगु-१ का वडाध्यक्ष मेम्बा तामाङले जानकारी दिनु भयो । 

'माथिल्लो तामाकाेशीकाे बाँधस्थलभन्दा केही माथि सुख्खा पहिराे खसेकाे छ,' तामाङले भन्नुभयो, 'लप्चीबाट चरीकोट आउँदै गरेका २५ जना विदेशी पर्यटकसहित करिब ५० जना अलपत्र परेका छन् ।' 

निरन्तर पहिराे खसिरहेकाले त्यसतर्फ जान राेक लगाइएकाे छ । पहिराेका कारण अलपत्र परेकाहरूकाे उद्वारकाे प्रयास भइरहेकाे तामाङले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले सुख्खा पहिरोले नदी केही थुनिए आतिहाल्नुपर्ने अवस्था नरहेकाे बताउनु भएको छ । पहिरो गएको स्थानमा नेपाली सेना परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement