सहकार्य गर्ने सम्भावनाको खोजीमा भारत भ्रमण गरेको हुँ : लामिछाने

जेष्ठ २१, २०८३ |कान्तिपुर टीभी संवाददाता
सहकार्य गर्ने सम्भावनाको खोजीमा भारत भ्रमण गरेको हुँ : लामिछाने

नयाँदिल्ली । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्पष्ट दृष्टिकोण र सहकार्य गर्ने सम्भावनाको खोजी गर्न आफू भारत भ्रमणमा आएको बताउनुभएको छ ।

पाँच दिने भारत भ्रमणको चौथो दिन आज नयाँ दिल्लीमा नेपाली समुदायलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले विगतमा के भयो के भएन भन्दा पनि अब भारतसँग नयाँ ढंगले सहकार्य गर्न चाहेको बताउनुभयो ।

उहाँले राजनीतिक भागण्डाको युगलाई अन्त्य गर्न र देशलाई निकास दिन रास्वपा सरकारमा आएको दाबी पनि गर्नुभयो । सभापति लामिछानेले सरकारको नियतमा शंका गर्ने ठाउँ नभएको भन्दै परिवारलाई घण्टीमा भोट हाल्न लगाउने प्रवासी नेपालीको वचन खेर जान नदिने प्रतिबद्दता जनाउनुभयो । चार वर्षअघि देखेको सपना पुरा भएर अहिले झण्डै दुई तिहाइको सरकार बनेको बताउँदै उहाँले सपना देख्न नछाड्न र खराब काम गरे खबरदारी गर्न पनि आग्रह गर्नुभयो । भारतले आफूलाई दिएको सम्मान सबै नेपालीको सम्मान भएको उहाँको भनाइ छ ।

सभापति लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो । उहाँ भोलि स्वदेश फर्कने कार्यतालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.