‘बिशु’ चाड मनाउँदै आठपहरिया समुदाय

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘बिशु’ चाड मनाउँदै आठपहरिया समुदाय

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरिया समुदायको वर्षको पहिलो 'बिशु' अर्थात् वैशाखे चाड सुरू भएको छ ।

वैशाखे चाड किराँत आठपहरियाहरूको वर्षकै जेठो चाड हो । यो चार्डमा उनीहरू परिवारका दिवगंत सदस्यहरूको उद्धारका लागि पितृपूजा गर्छन् । बिहीबारे हाटमा रहेको मार्गाथानमा विशेष अनुष्ठान तथा भूमिपूजासमेत गर्छन् । 

वैशाखपछि उनीहरू मुख्य गरी भदौ र मंसिरे पूर्णिमा मनाउँछन् । सीमान्तकृत आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार हाराहारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.