विद्यालय तहमा नै सरकारले सडक सुरक्षासम्बन्धी सचेतना अभियान सञ्चालन गर्नुपर्छ : समिना मियाँ

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्यालय तहमा नै सरकारले सडक सुरक्षासम्बन्धी सचेतना अभियान सञ्चालन गर्नुपर्छ : समिना मियाँ

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले विद्यालय तहमा नै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद मियाँले सडक दुर्घटना भएलगत्तै आवश्यक उपचारको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक नियमको पालनामा कडाइ गर्न पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘युवा तथा विद्यार्थी सचेतना कार्यक्रम गरियोस् । विद्यालय स्तरमा नै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गरियोस् । दुर्घटना भएलगत्तै उद्धार र उपचारका लागि एम्बुलेन्स, ट्रमा सेन्टर तथा छिटो स्वास्थ्य सेवा सुनिश्चित गरियोस् ।’

सांसद मियाँले सरकारले सडक सुधार गरेर सडक दुर्घटना हुन नदिने गरी काम गर्नुपर्ने पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.