
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएकाे हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कायममुकाय प्रधानन्यायाधीश सपन प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल यसअघि बसेको प्रतिनिधि सभा बैठकबाट सो पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।