साउदी अरेबियामा समस्यामा परेका २ सय ६६ नेपाली आज स्वदेश फर्कंदै

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
साउदी अरेबियामा समस्यामा परेका २ सय ६६ नेपाली आज स्वदेश फर्कंदै

काठमाडौं । साउदी अरेबियामा समस्यामा परेका २ सय ६६ जना नेपालीलाई आइतबार स्वदेश फर्काइँदै छ ।

घर फर्किनका लागि यसअघि टिकट काटिसकेका, बिरामी तथा अति आवश्यक काम परेका यात्रुलाई नेपाल ल्याउन लागिएको हो । श्रमिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज आइतबार साउदी अरब गएको छ । आइतबार बेलुकी ८ बजे विमान काठमाडौं अवतरण हुने तालिका रहेको नेपाल एयरलाइन्सकी सहप्रवक्ता कल्पना काफ्लेले जानकारी दिनुभयो । 

शनिबार पनि संयुक्त अरब एमिरेट्सबाट यात्रुहरूलाई नेपाल ल्याइएको थियो । सरकारले यसलाई उद्धार उडान भनेको छ भने जोखिममा परेको भनेर नाम टिपाउनेहरूलाई नेपाल फर्काउन थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.