ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ हुँदैछ ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको तर्फबाट दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ हुँदैछ । उनीहरूको पेसी न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो । 

उक्त मुद्दा घ नम्बरमा पेसी रहेको छ । जेन-जी आन्दोलनको छानबिन गर्न गठिन पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारले ओली र लेखकलाई पक्राउ गरेको थियो । उहाँहरूको बयान जिल्ला सरकारी वकिल कार्यालयमा चलिरहेको छ। 

उहाँहरूका तर्फबाट परिवारले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबारबाट दुई पक्षीय सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । आइतबार हुने सुनुवाइले उहाँहरूलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाउने कि धरौटीमा राख्नेबारे निर्णय हुनेछ । 

भदौ २३ र २४ मा जेन-जी आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा ओली र लेखक समेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको प्रतिवेदनका आधारमा प्रहरीले उनीहरूलाई चैत १४ मा पक्राउ गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.