गृहमन्त्री गुरूङलाई सांसद पुनको सुझाव : कसैको दबाब र प्रभावमा नपर्नू

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री गुरूङलाई सांसद पुनको सुझाव : कसैको दबाब र प्रभावमा नपर्नू

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरूङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरूङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजे पनि दलका प्रमुख नेताहरूको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारूकता साथ अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्‍यो ।’

उहाँले संसद्‌मा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.