
काठमाडौं । नेकपा (एमाले)ले साेमबार पनि राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका भ्रातृ संगठनहरूले लगातार प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकार विरोधी नारा लगाउँदै अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन् ।
उनीहरूले अध्यक्ष ओलीलाई तत्काल रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । अध्यक्ष ओलीलाई बिना सर्त रिहा नगरिएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ । एमालेले यो आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी समेत दिएको छ ।