दीपक खड्का अस्पताल भर्ना

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना हुनुभएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेसँगै उहाँलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । 

पक्राउ गरेपछि उहाँलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बुझाइएको सीआईबीले जनाएको छ । थप अनुसन्धानका लागि हिरासतमा राख्न स्वास्थ्य जाँचपछि खड्कालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गराइएको प्रहरीले जानकारी दिएको हो । 

विभागका निर्देशक जितेन्द्र अधिकारीले अदालतबाट ७ दिन म्याद लिएपछि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.