
दोलखा । अध्यक्ष केपी शर्मा ओलीको बिना सर्त रिहाइको माग गर्दै नेकपा (एमाले) दोलखाले प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
एमाले दोलखाले चरिकोटमा विरोध प्रदर्शन गर्नुका साथै आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत सरकारलाई रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । एमालेका नेता तथा कार्यकर्ताहरूले चरिकोटको सातदोबाटोबाट विरोध प्रदर्शन गर्दै प्रशासन पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले अध्यक्ष ओलीको बिना सर्त रिहाइको माग गर्दै विरोध जनाएका हुन्।