.jpg&w=1000&height=550)
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका सिरहा संवाददाता विनय आजाद काठमाडौंमा सम्मानित भएका छन् ।
सिरहा समाज सेवाले कान्तिपुरकर्मी आजादलाई सम्मान गरेको हो । आजादले व्यावसायिक, साहसिक र निष्पक्ष पत्रकारितामार्फत समाज र मुलुकमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
सिरहा घर भई काठमाडौंमा बस्दै आएका अगुवाहरूद्वारा सञ्चालित यो संस्थाले शनिबार काठमाडौंको जय बागेश्वरीस्थित गोल्डेन दरबार ब्याङ्क्वेटमा अभिनन्दन तथा सम्मान तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
जसमा दिव्य शताब्दी पुरूष डा. गौरीशंकर लाल दासलाई अभिनन्दन गरिएको छ । यसैगरी, सिरहाका चारवटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद, समानुपातिक सांसदसहित सिरहामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णु कुमार साहले जनाए ।