अर्जुननरसिंह केसीद्वारा संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्जुननरसिंह केसीद्वारा संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको छ ।

बुधबार दिउँसो केसीले सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् लोकतन्त्रको मूल आधार भएको बताउनु भयो । उहाँले संसद्‌बाट आउने विभिन्न विचारहरूको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रूपमा भूमिका खेल्ने बताउनु भयो ।

यसअघि बुधबार नै उहाँले ज्येष्ठ सदस्यको रूपमा पद तथा गोपनियताको सपथ लिनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.